डियर क्रस 😘😍

 थाहा छैन यो माया हो , 

    आकर्षण हो ,
    वा पागलपन
तर
 तिमीलाई हेरिरहन मन लाग्छ ।
तिम्रो प्रोफाइल खोलेर घण्टौ सम्म नटोलाएको दिन हुदैन ।
तिम्रा हरेक पोस्टहरु मा कसले कस्तो रियाक्ट गर्यो,
 कसले के कमेन्ट गर्यो ।
 तिमीले के रिप्लाई दियौ ,
कस्तो रियाक्ट गरेउ
  एक एक कुराहरु म हेरि रहन्छु ।
अनि तिम्रो त्यो  फोटोमा लब रियाक्ट गर्नेहरु को होलान
तिम्रा भनेर उनिहरुको प्रोफाइल पनि केलाउछु ।
 त्यसमा अझ केटि अनि तिम्रो थर नमिल्ने मान्छेले रियाक्ट गर्या छ भने
 कतै तिम्रो गल फ्रेन्ड हो कि भनेर अनुमान लगाउछु ।
 तिमीले मलाई चिन्दैनौ केही थाहा छैन
तर म तिम्रो हरेक अाफ्नत साथि भाइ दाजु बैनि सबै चिन्छु ।
मलाई पागल भन वा अरु केही तिम्रा बर्षौ अघिदेखि का फेसबुकमा फोस्ट भएका फोटा त सेभ छदैछन्।
 नयाँ फोटो अाउना साथ मेरो मोबाइलमा सेभ हुन्छ ,
 तिमीले हालेका हरेक स्टोरीको मेरो मोबाइल मा स्क्रिनसट रहन्छ ।
कति कुराहरु तिमी हालेर केहिबेरमा हटाउछौ
 तर ती सबै कुरा मेरो मोबाइल मा बर्षौ सम्म रहिरहन्छ ।
खै किन म यसरी मोहित भएको छु
 तिमी प्रति त्यो मलाई पनि थाहा छैन ।                                   😍😍😍😍😍😍😍😍😍😍😍

Comments

Post a Comment

Popular posts from this blog

केही गरेनि सुख छैन 😎

तिमी सग बिताएका ती पलहरु अब ......

कोहि जिन्दगीमा यस्तो होस 😍😘