Posts

मेरो जन्म केको लागि ?????

म यो पृथ्वीमा किन जन्मिए ????  मेरो हरेक दिन भगवान सगको प्रश्न यहि बाट सुरु हुन्छ। म यो धर्तिमा आउनुको कारण के हो ? के बस सबैको बोझ हुनलाई मात्रै हो ? सानुमा बा आमाको बोझ ,  बिहे भएसि श्रीमान्को बोझ ,  अनि बुढेसकालमा छोराछोरीको बोझ ..... यदि मेरो औचित्त केही थिएन भने मलाई किन जन्म दिनुभएको ? किन मलाई हरेक कुरामा पछि पार्नु भएको ? आफैले आफैलाइ हेर्छु  के छ मसग   के गर्न सक्छु   मैले के गरेर खान्छु ...   यसरी हिन्ने बाटो नै बन्द गर्दिनु थियोे भने किन मलाई राख्नुभएको ? यदि बाटो छ भने किन केही माध्यम नदेखाइ दिनुभएको ?  केही बाटो त देख्दिन त म ? मैले गर्न नचाहेको पनि त होइन , चाहेर पनि किन मैले केही गर्न सकिरहेको छैन,  किन मसग केही गर्न सक्ने क्षमता छैन ? यसरी कहिले सम्म हुन्छ ?  सधैं मन भित्र मेरो पीडा कति हुन्छ... न सबैलाई बताउदै हिन्न सक्छु । मेरो आफ्ना कमजोरीहरु न केही गर्न नै सक्छु । दिनप्रतिदिन मनमा यस्तै कुरा सम्झेर म पागल झै हुँदै गाछु। खै कसले बुझ्न मेरो पीडा कसलाई सुनाउ मन भित्रका कुरा ? सुन्नेहरुले सुनेर मेरै मजाग बनाउने ...

केही गरेनि सुख छैन 😎

 यो समाजमा हामी नारीलाई केही गरेनि सुख छैन, २० वर्ष पुग्न भ्याएको हुदैन, घरकालाई भन्दा आफन्त र छिमेकिलाई, "अब त ठुली भैसकिछौ, बिहे कहिले गर्ने?" भनेर हतार बिहेको लागि हुन्छ. छिमेकी आफन्तको दबाबमा परेर घरकाले जबर्जस्ति बिहे गर्दिन्छ, बिहे भएको बर्ष दिन हुन नपाउदै फेरि त्यहि समाजका लाई हतार, आपत पर्न थाल्छ अनि कुरा काट्न सुरु गर्छन, "खै तिनीहरू को बिहे गरेको पनि यत्तिका समय भइसक्यो, अझ सम्म नि बच्चा-बच्ची को सुर्सार गर्दैन्न त? के बच्चा नजन्माउने रहेछन् ? कि हुदैन रहेछ के हो ?" हैन मान्छेहरू लाई बिहे गर्नु बच्चा जन्माउनु मात्रै ठुलो काम हो जस्तो लाग्छ कि के हो ? किन बुझ्दैन्न, पहिले आफ्नो खुट्टामा आफै उभिने भैसक्नु पर्छ, सक्षम हुनुपर्छ अनि मात्रै बिहे, बच्चा को बारेमा सोच्नुपर्छ भनेर । के साच्चिकै छोरी मान्छेहरू चै बिहे गर्न, बच्चा जन्माउन, खाना पकाउन, भाडा माझ्न कै लागि मात्रै जन्मेका हुन र...? के बिहे गर्नु बच्चा जन्माउनु मात्रै ठुलो कुरा होर ? अझ त्यति मात्रै होर बिहे गरेर बाबु-आमा बनिसके का लाई पनि काहाँ सुख छ र, .... फेरि त्यै समाज कुरा काट्न थाल्छन्, "त्यो ...

कोहि जिन्दगीमा यस्तो होस 😍😘

मेरो पनि कोही होस जसलाई म आफ्नो मनको रहेछ कुरा निर्धक्क सग सुनाउन सकु मेरो खुसि मेरो दुख मेरो पीडा मेरो बेदना मेरा अनेकौ हजारौ भावना , रहर इच्छा चाहाना जो सबै उसलाई सुनाउ म रुदा नरोउ भनेर मलाई फकाओस म हास्दा मसगै मेरो खुसिमा हासोस मैले गल्ति गर्दा ठिकै छ अब नगर्नु भनेर मलाई सम्झाओस अनि मेरो बिहान देखि रात्री सम्म भएका रहेक काहानि बकवास उसले मुस्कुराएर सुनिदोस् यस्तो भयो नि थाहा छ , त्यसले त के भन्या , त्याहा गयौं यस्तो खायौ यो लायौ ...........इत्यादि यसरी बित्यो मेरो दिन भनेर सबै सुनाउन पाउ अनि उसका पनि दिनभरि भएको घटनाहरु म मुस्कुराउदै सुन्न पाउ  ......... अनि मेरा हरेक कमि कम्जोरिहरु लाई उसले बुझोस मलाई सम्झोस मेरो कुरा हरु सम्झिओस जाहा जस्तो जे परिस्थिति भए पनि म छु सधैं तिम्रो साथ भनेर मलाई हौसला प्रदान गरोस जे जस्तो भए पनि मेरो साथ कहिलै नछोडोस् मलाई धेरै भन्दा धेरै माया गरोस् मेरो ख्याल गरोस ................................

यो मन ❤️

 यो मन आफ्नै भए पनि आफ्नै बसमा नरहदो रहेछ कहिले सोच्छु मेरो अाफ्नो जिन्दगी हो मलाई जे मन लाग्छ , जो सग मन लाग्छ मेरो इच्छाअनुसार चलाउन पाउछु जिन्दगी बिताउने त मैले नै होनि हैन र ?? अनि किन मैले मेरो इच्छा चाहाना हरु अरुको लागि मार्नु ??????? अनि फेरि यहि मनले भन्छ बाआमाले दिएको जिन्दगी हो बाआमा लाई मैले खुसि बनाउनु पर्छ बाआमले नराम्रो त सोच पक्कै सोच्नु भएको हुदैन उहाँहरुलाई नै रुवाएर म कसरी खुसि हुन सक्छु ? हाम्रो हरेक कुरा पूरा गर्दिने जन्मदाता को बिपरित गएर मैले के पाउछु ? उनी उहाँले म प्रति गरेको विस्वास ? खै काहा गयो ? किन म अाफ्नो स्वार्थ हेर्दै छु ? हो यिनै अनेकौं प्रश्नहरू मेरो यहि एउटा मनमा बारबार आइरहन्छ , म गरौ त के गरौ ...... मेरो आफ्नो खुसि हेरौ कि मेरा अाफ्नतको ? पक्कै पनि आफ्नतले नि मेरो नराम्रो त नचाहानु होला अनि मेरो इच्छा बिपरित नै पनि नहोला ....... तर मेरो त्यो खुसि जुन मैले चाहेको छु त्यो त मैले पाउन सक्दिन नि हैन र ???? कहिलेकाही जिन्दगी यस्तो दोधारमा पर्दोरहेछ कि नत आफुले चाहेको कुरा पूरा गर्न सकिन्छ नत अरुले दिएको कुराले खुसि हुन नै...

डियर क्रस 😘😍

 थाहा छैन यो माया हो ,      आकर्षण हो ,     वा पागलपन तर  तिमीलाई हेरिरहन मन लाग्छ । तिम्रो प्रोफाइल खोलेर घण्टौ सम्म नटोलाएको दिन हुदैन । तिम्रा हरेक पोस्टहरु मा कसले कस्तो रियाक्ट गर्यो,  कसले के कमेन्ट गर्यो ।  तिमीले के रिप्लाई दियौ , कस्तो रियाक्ट गरेउ   एक एक कुराहरु म हेरि रहन्छु । अनि तिम्रो त्यो  फोटोमा लब रियाक्ट गर्नेहरु को होलान तिम्रा भनेर उनिहरुको प्रोफाइल पनि केलाउछु ।  त्यसमा अझ केटि अनि तिम्रो थर नमिल्ने मान्छेले रियाक्ट गर्या छ भने  कतै तिम्रो गल फ्रेन्ड हो कि भनेर अनुमान लगाउछु ।  तिमीले मलाई चिन्दैनौ केही थाहा छैन तर म तिम्रो हरेक अाफ्नत साथि भाइ दाजु बैनि सबै चिन्छु । मलाई पागल भन वा अरु केही तिम्रा बर्षौ अघिदेखि का फेसबुकमा फोस्ट भएका फोटा त सेभ छदैछन्।  नयाँ फोटो अाउना साथ मेरो मोबाइलमा सेभ हुन्छ ,  तिमीले हालेका हरेक स्टोरीको मेरो मोबाइल मा स्क्रिनसट रहन्छ । कति कुराहरु तिमी हालेर केहिबेरमा हटाउछौ  तर ती सबै कुरा मेरो मोबाइल मा बर्षौ सम्म रहिरहन्छ । खै क...

तिमी सग बिताएका ती पलहरु अब ......

  तिमी सग बिताएका ती समयहरु अब यादमा मात्रै रहयो... तिमी र म बिच प्रेम थियो त्यो पनि अब काहानि मात्रै भयो ... तिमीलाई याद अाउला नअाउला मलाई त तिमी सग बिताएका हरेक कुराले पल पल सताउछन्.. रुदिन भन्दा भन्दै पनि अाखा बाट अासु बरबरि झराउछन् हरेक रात मेरो रोएर तिमीलाई सम्झेर तिम्रो अभाबले अनि ननिदाइ बित्ने गर्छ हो मैले पनि नचाहेको हैन तिमीलाई भुल्न तर खै तिमीमा त्यस्तो के जादु थियोे कुन्नि तिमीले मलाई तिमी भुल्न नसकनै बनाएर गयौं मलाई तिम्रो छोड्नै नसक्ने नशा लगाएर गयौं तिमी जस्तो , तिमी भन्दा राम्रो ब्यक्ति पनि मैले नपाएको त पक्कै हैन तर मलाई ...... तिमी जस्तो , तिमी भन्दा राम्रो हैन मलाई तिमी नै तिमी मात्रै चाहिएको हो ....... थाहा छ अब तिमी अाउदैनौ तर पनि किन मान्दैनन् यी मेरा मन किन खोजि रहन्छन् तिमीलाई हर दम 😌 कति सजिलैसँग भुलेउ हौ तिमीले त बिन्ति छ मलाई पनि सिकाइदेउन अौषधि के छ पलपल तिमीलाई सम्झेर मर्दै छु तिमीलाई सम्झेर पागल हुदैछु अाउन फेरि हामी हाम्रो मायाको संसार बनाउ त्यो संसारमा हामी खुसिले रमाउ 😌