मेरो जन्म केको लागि ?????

म यो पृथ्वीमा किन जन्मिए ???? 
मेरो हरेक दिन भगवान सगको प्रश्न यहि बाट सुरु हुन्छ।
म यो धर्तिमा आउनुको कारण के हो ?
के बस सबैको बोझ हुनलाई मात्रै हो ?
सानुमा बा आमाको बोझ , 
बिहे भएसि श्रीमान्को बोझ , 
अनि बुढेसकालमा छोराछोरीको बोझ .....
यदि मेरो औचित्त केही थिएन भने मलाई किन जन्म दिनुभएको ?
किन मलाई हरेक कुरामा पछि पार्नु भएको ?
आफैले आफैलाइ हेर्छु
 के छ मसग 
 के गर्न सक्छु
  मैले के गरेर खान्छु ...  
यसरी हिन्ने बाटो नै बन्द गर्दिनु थियोे भने किन मलाई राख्नुभएको ?
यदि बाटो छ भने किन केही माध्यम नदेखाइ दिनुभएको ?
 केही बाटो त देख्दिन त म ?
मैले गर्न नचाहेको पनि त होइन ,
चाहेर पनि किन मैले केही गर्न सकिरहेको छैन,
 किन मसग केही गर्न सक्ने क्षमता छैन ?
यसरी कहिले सम्म हुन्छ ?
 सधैं मन भित्र मेरो पीडा कति हुन्छ...
न सबैलाई बताउदै हिन्न सक्छु ।
मेरो आफ्ना कमजोरीहरु न केही गर्न नै सक्छु ।
दिनप्रतिदिन मनमा यस्तै कुरा सम्झेर म पागल झै हुँदै गाछु।
खै कसले बुझ्न मेरो पीडा कसलाई सुनाउ मन भित्रका कुरा ?
सुन्नेहरुले सुनेर मेरै मजाग बनाउने छन् 
   मलाई नै झन गाह्रो बनाउने छन् 
 भन्नेले कति सजिलै भन्छन् समाधान नहुने समस्या हुदैन भनेर
 तर कति समस्या यस्ता हुन्छ जुन चाहेर पनि समाधान गर्न सकिँदैन
 अनि अरुले कहिले बुझ्न सक्दैन 
आखिर कहिले सम्म यसरी पलपल मरेर बाचौ ..?
भन्दिनुस् न प्लिज प्रभु म आखिर के चै गरौ ??????

Comments

Popular posts from this blog

केही गरेनि सुख छैन 😎

तिमी सग बिताएका ती पलहरु अब ......

कोहि जिन्दगीमा यस्तो होस 😍😘