केही गरेनि सुख छैन 😎

 यो समाजमा हामी नारीलाई केही गरेनि सुख छैन,


२० वर्ष पुग्न भ्याएको हुदैन, घरकालाई भन्दा आफन्त र छिमेकिलाई, "अब त ठुली भैसकिछौ, बिहे कहिले गर्ने?" भनेर हतार बिहेको लागि हुन्छ.


छिमेकी आफन्तको दबाबमा परेर घरकाले जबर्जस्ति बिहे गर्दिन्छ, बिहे भएको बर्ष दिन हुन नपाउदै फेरि त्यहि समाजका लाई हतार, आपत पर्न थाल्छ अनि कुरा काट्न सुरु गर्छन, "खै तिनीहरू को बिहे गरेको पनि यत्तिका समय भइसक्यो, अझ सम्म नि बच्चा-बच्ची को सुर्सार गर्दैन्न त? के बच्चा नजन्माउने रहेछन् ? कि हुदैन रहेछ के हो ?"


हैन मान्छेहरू लाई बिहे गर्नु बच्चा जन्माउनु मात्रै ठुलो काम हो जस्तो लाग्छ कि के हो ? किन बुझ्दैन्न, पहिले आफ्नो खुट्टामा आफै उभिने भैसक्नु पर्छ, सक्षम हुनुपर्छ अनि मात्रै बिहे, बच्चा को बारेमा सोच्नुपर्छ भनेर । के साच्चिकै छोरी मान्छेहरू चै बिहे गर्न, बच्चा जन्माउन, खाना पकाउन, भाडा माझ्न कै लागि मात्रै जन्मेका हुन र...? के बिहे गर्नु बच्चा जन्माउनु मात्रै ठुलो कुरा होर ?


अझ त्यति मात्रै होर बिहे गरेर बाबु-आमा बनिसके का लाई पनि काहाँ सुख छ र, .... फेरि त्यै समाज कुरा काट्न थाल्छन्, "त्यो त केही पनि काम नगरि घरमा त्यत्तिकै बस्छे, यसो बुढो लाई सघाउनु, अलि अलि आम्दानि पनि बढ्थ्यो, काम पनि जानिन्थ्यो, अब त बच्चाहरू पनि ठुलै भैसकेका छन त त्यस्का त?..."


यदि हामीले सबैथोक गरौ भन्ने चाहानु हुन्छ भने किन हजुरहरु केही समय पर्खिन सक्नुहुन्न ?? पढ्ने बेलामा, जागिर खाएर केही गर्नेबेला मा किन कुर्न सक्नु हुन्न?? 


सबै चिज को एउटा उचित समय हुन्छ, सबैको जिवनमा समय आउछ, कसैको छिट्टै आउला कसैको अलिक ढिला, आखिर किन यति साह्रो आपत पर्छ के समाजलाई ? 


यदि तपाईंहरू हामीलाई समय नै दिन सक्नु हुन्न भने हामी हरु चै कसरी तपाईँहरूले भने जस्तो सबै थोक गर्न सक्छौ ? पहिले पढि सक्न दिनुस् जागिर खान दिनुस् । आफै सक्षम बन्न दिनुस, आफु सकम भै सके पछि बिहे गर्ने, बच्चा जन्माउने सबै छदैछ नि...


यदि आफु केही गर्न सक्नु हुन्न भने अरुले गर्न लागेको योजना मा कम्तिमा टांग अड्याउने काम चै नगर्नुस, तिनै समाजका ठेकेदारहरू मा समर्पित...

Comments

Post a Comment

Popular posts from this blog

तिमी सग बिताएका ती पलहरु अब ......

कोहि जिन्दगीमा यस्तो होस 😍😘