यो मन ❤️

 यो मन आफ्नै भए पनि आफ्नै बसमा नरहदो रहेछ

कहिले सोच्छु मेरो अाफ्नो जिन्दगी हो
मलाई जे मन लाग्छ , जो सग मन लाग्छ
मेरो इच्छाअनुसार चलाउन पाउछु
जिन्दगी बिताउने त मैले नै होनि हैन र ??
अनि किन मैले मेरो इच्छा चाहाना हरु
अरुको लागि मार्नु ???????

अनि फेरि
यहि मनले भन्छ बाआमाले दिएको जिन्दगी हो
बाआमा लाई मैले खुसि बनाउनु पर्छ
बाआमले नराम्रो त सोच पक्कै सोच्नु भएको हुदैन
उहाँहरुलाई नै रुवाएर म कसरी खुसि हुन सक्छु ?
हाम्रो हरेक कुरा पूरा गर्दिने जन्मदाता को बिपरित
गएर मैले के पाउछु ? उनी उहाँले म प्रति गरेको विस्वास ?
खै काहा गयो ? किन म अाफ्नो स्वार्थ हेर्दै छु ?

हो यिनै अनेकौं प्रश्नहरू मेरो यहि एउटा मनमा
बारबार आइरहन्छ , म गरौ त के गरौ ......
मेरो आफ्नो खुसि हेरौ कि मेरा अाफ्नतको ?
पक्कै पनि आफ्नतले नि मेरो नराम्रो त नचाहानु होला
अनि मेरो इच्छा बिपरित नै पनि नहोला .......
तर मेरो त्यो खुसि जुन मैले चाहेको छु
त्यो त मैले पाउन सक्दिन नि हैन र ????

कहिलेकाही जिन्दगी यस्तो दोधारमा पर्दोरहेछ कि
नत आफुले चाहेको कुरा पूरा गर्न सकिन्छ
नत अरुले दिएको कुराले खुसि हुन नै सकिन्छ

सायद हुन त जिन्दगी भन्नू नै यहि होला
जाहा अनेकौं बाधा बन्धनहरु रहन्छन्......।

Comments

  1. यस्तै हो पियारी जिन्दकी, सबैको मन राख्दा राख्दै सकिने रहेछ !😐

    ReplyDelete
  2. यस्तै छ जिन्दगी यस्तै

    ReplyDelete
  3. बा आमा लाई नि खुसी पार्दै आफ्नु आफ्नु इच्छा पूरा गर्न नी सकिन्छ नी।।

    ReplyDelete
  4. कसैलाई हानी नगरी आफ्नो खुसीमा चल्नु, आफ्नो खुसलाई उपभोग गर्नु सुखी जिवन हो नि

    ReplyDelete

Post a Comment

Popular posts from this blog

केही गरेनि सुख छैन 😎

तिमी सग बिताएका ती पलहरु अब ......

कोहि जिन्दगीमा यस्तो होस 😍😘