Posts

Showing posts from August, 2021

डियर क्रस 😘😍

 थाहा छैन यो माया हो ,      आकर्षण हो ,     वा पागलपन तर  तिमीलाई हेरिरहन मन लाग्छ । तिम्रो प्रोफाइल खोलेर घण्टौ सम्म नटोलाएको दिन हुदैन । तिम्रा हरेक पोस्टहरु मा कसले कस्तो रियाक्ट गर्यो,  कसले के कमेन्ट गर्यो ।  तिमीले के रिप्लाई दियौ , कस्तो रियाक्ट गरेउ   एक एक कुराहरु म हेरि रहन्छु । अनि तिम्रो त्यो  फोटोमा लब रियाक्ट गर्नेहरु को होलान तिम्रा भनेर उनिहरुको प्रोफाइल पनि केलाउछु ।  त्यसमा अझ केटि अनि तिम्रो थर नमिल्ने मान्छेले रियाक्ट गर्या छ भने  कतै तिम्रो गल फ्रेन्ड हो कि भनेर अनुमान लगाउछु ।  तिमीले मलाई चिन्दैनौ केही थाहा छैन तर म तिम्रो हरेक अाफ्नत साथि भाइ दाजु बैनि सबै चिन्छु । मलाई पागल भन वा अरु केही तिम्रा बर्षौ अघिदेखि का फेसबुकमा फोस्ट भएका फोटा त सेभ छदैछन्।  नयाँ फोटो अाउना साथ मेरो मोबाइलमा सेभ हुन्छ ,  तिमीले हालेका हरेक स्टोरीको मेरो मोबाइल मा स्क्रिनसट रहन्छ । कति कुराहरु तिमी हालेर केहिबेरमा हटाउछौ  तर ती सबै कुरा मेरो मोबाइल मा बर्षौ सम्म रहिरहन्छ । खै क...

तिमी सग बिताएका ती पलहरु अब ......

  तिमी सग बिताएका ती समयहरु अब यादमा मात्रै रहयो... तिमी र म बिच प्रेम थियो त्यो पनि अब काहानि मात्रै भयो ... तिमीलाई याद अाउला नअाउला मलाई त तिमी सग बिताएका हरेक कुराले पल पल सताउछन्.. रुदिन भन्दा भन्दै पनि अाखा बाट अासु बरबरि झराउछन् हरेक रात मेरो रोएर तिमीलाई सम्झेर तिम्रो अभाबले अनि ननिदाइ बित्ने गर्छ हो मैले पनि नचाहेको हैन तिमीलाई भुल्न तर खै तिमीमा त्यस्तो के जादु थियोे कुन्नि तिमीले मलाई तिमी भुल्न नसकनै बनाएर गयौं मलाई तिम्रो छोड्नै नसक्ने नशा लगाएर गयौं तिमी जस्तो , तिमी भन्दा राम्रो ब्यक्ति पनि मैले नपाएको त पक्कै हैन तर मलाई ...... तिमी जस्तो , तिमी भन्दा राम्रो हैन मलाई तिमी नै तिमी मात्रै चाहिएको हो ....... थाहा छ अब तिमी अाउदैनौ तर पनि किन मान्दैनन् यी मेरा मन किन खोजि रहन्छन् तिमीलाई हर दम 😌 कति सजिलैसँग भुलेउ हौ तिमीले त बिन्ति छ मलाई पनि सिकाइदेउन अौषधि के छ पलपल तिमीलाई सम्झेर मर्दै छु तिमीलाई सम्झेर पागल हुदैछु अाउन फेरि हामी हाम्रो मायाको संसार बनाउ त्यो संसारमा हामी खुसिले रमाउ 😌