Posts

Showing posts from January, 2022

केही गरेनि सुख छैन 😎

 यो समाजमा हामी नारीलाई केही गरेनि सुख छैन, २० वर्ष पुग्न भ्याएको हुदैन, घरकालाई भन्दा आफन्त र छिमेकिलाई, "अब त ठुली भैसकिछौ, बिहे कहिले गर्ने?" भनेर हतार बिहेको लागि हुन्छ. छिमेकी आफन्तको दबाबमा परेर घरकाले जबर्जस्ति बिहे गर्दिन्छ, बिहे भएको बर्ष दिन हुन नपाउदै फेरि त्यहि समाजका लाई हतार, आपत पर्न थाल्छ अनि कुरा काट्न सुरु गर्छन, "खै तिनीहरू को बिहे गरेको पनि यत्तिका समय भइसक्यो, अझ सम्म नि बच्चा-बच्ची को सुर्सार गर्दैन्न त? के बच्चा नजन्माउने रहेछन् ? कि हुदैन रहेछ के हो ?" हैन मान्छेहरू लाई बिहे गर्नु बच्चा जन्माउनु मात्रै ठुलो काम हो जस्तो लाग्छ कि के हो ? किन बुझ्दैन्न, पहिले आफ्नो खुट्टामा आफै उभिने भैसक्नु पर्छ, सक्षम हुनुपर्छ अनि मात्रै बिहे, बच्चा को बारेमा सोच्नुपर्छ भनेर । के साच्चिकै छोरी मान्छेहरू चै बिहे गर्न, बच्चा जन्माउन, खाना पकाउन, भाडा माझ्न कै लागि मात्रै जन्मेका हुन र...? के बिहे गर्नु बच्चा जन्माउनु मात्रै ठुलो कुरा होर ? अझ त्यति मात्रै होर बिहे गरेर बाबु-आमा बनिसके का लाई पनि काहाँ सुख छ र, .... फेरि त्यै समाज कुरा काट्न थाल्छन्, "त्यो ...