यो मन ❤️
यो मन आफ्नै भए पनि आफ्नै बसमा नरहदो रहेछ कहिले सोच्छु मेरो अाफ्नो जिन्दगी हो मलाई जे मन लाग्छ , जो सग मन लाग्छ मेरो इच्छाअनुसार चलाउन पाउछु जिन्दगी बिताउने त मैले नै होनि हैन र ?? अनि किन मैले मेरो इच्छा चाहाना हरु अरुको लागि मार्नु ??????? अनि फेरि यहि मनले भन्छ बाआमाले दिएको जिन्दगी हो बाआमा लाई मैले खुसि बनाउनु पर्छ बाआमले नराम्रो त सोच पक्कै सोच्नु भएको हुदैन उहाँहरुलाई नै रुवाएर म कसरी खुसि हुन सक्छु ? हाम्रो हरेक कुरा पूरा गर्दिने जन्मदाता को बिपरित गएर मैले के पाउछु ? उनी उहाँले म प्रति गरेको विस्वास ? खै काहा गयो ? किन म अाफ्नो स्वार्थ हेर्दै छु ? हो यिनै अनेकौं प्रश्नहरू मेरो यहि एउटा मनमा बारबार आइरहन्छ , म गरौ त के गरौ ...... मेरो आफ्नो खुसि हेरौ कि मेरा अाफ्नतको ? पक्कै पनि आफ्नतले नि मेरो नराम्रो त नचाहानु होला अनि मेरो इच्छा बिपरित नै पनि नहोला ....... तर मेरो त्यो खुसि जुन मैले चाहेको छु त्यो त मैले पाउन सक्दिन नि हैन र ???? कहिलेकाही जिन्दगी यस्तो दोधारमा पर्दोरहेछ कि नत आफुले चाहेको कुरा पूरा गर्न सकिन्छ नत अरुले दिएको कुराले खुसि हुन नै...